Thursday, March 24, 2011

खानेपानी दिवस विशेष

विश्व खानेपानी दिवस सायद सबैले मनाउनु भयो होला । आम सरोकारवालाहरुले,स्थानीयहरुले,बुद्धीजिवीहरुले,राजनितीज्ञहरुले,पुरै देशवाशीभन्दा विशेष गरी अझ काठमाडौवाशीहरुले जस्को धाराहरुमा महिनामा १ वा २ पटक मुस्किलले पानी आउछ ।सायद धैरैले चाहिँ यो दिवस छुच्चा नेताको मिठो भाषण सुनेर मनाउनु भयो होला ।छुच्चा यो मानेमा कि यिनीहरु एकअर्कालाई गाली गरेर कहिल्लै थाक्दैनन् ,अनि मिठो भाषण अर्थात चुनावको बेलामा हाम्रा माननीयहरु भर्खर जन्मेको बच्चालाई समेत सम्बोधन गर्न बिर्सदैनन् ।सबैभन्दा अचम्म लाग्दो कुरा के भने हाम्रा नेता जहाँ पनि राजनितिक कुरा गरेर कहिल्यै थाक्दैनन् ,यतिसम्मकि यिनले मलामी गएका बेलासम्म पनि भाषण गर्न छोडेनछन् ,एकजना सर्वसाधरणले सुनाउदै थिए ।

खैर छोड्नुस यस्ता कुराहरु हाम्रा नेताहरु र नेपाली राजनितिको कुरा गर्ने हो भने रातभरी रुघ्यो तल्लो घरको बुढी जिउदै भनेझै हुन्छ अर्थात दिनभरी कुरा गर्याे निष्कर्ष केहिपनि आउन्न ।तेहि भएर आज गाली गरेर हाम्रा नेताको आयु बढाउनुभन्दा आम काठमाडौबासीको आयु घटीरहेको बारे कुरा गरौँ ।

गत साता सँविधानसभाको प्राकृतिक स्रोत साधन समितिले काठमाडौको खानेपानीका मुहानहरुको निरीक्षण भ्रमण गरेको थियो । काठमाडौमा बढ्दै गएको खानेपानी समस्या र साताव्यापी मनाइएको खानेपानी दिवसको सन्र्दभ पारी गरिएको उक्त भ्रमणमा नख्खु मुहान र लेले मुहानको निरीक्षण गरिएको थियो । स्मरण रहोस् यि मुहानहरुबाट काठमाडौको बल्खु , कुलेश्वर , कमलीमाटी लगाएतका क्षेत्रमा खानेपानी वितरण हुदै आएको छ । मुहानको स्थलगत निरीक्षणपछि समितिका सँयोजक शान्ता चौधरी तेहाँको बस्तुस्थिती देखेर अत्ताल्लिनु भएछ । कुरा के भने पानी जस्तो संवेदनशील कुरामा पनि राज्यले देखाएको उदासिनता प्रस्ट तेहा देख्न सकिन्थ्यो । खानेपानी वितरणका लागि बिछइएको पाइपभन्दा केहि माथी केटाकेटी नुहाइरहेका थिए भने केहि लुगा धोइरहेका थिए ,नजिकै मरेको मान्छेको लुगा जलाइएको थियो ,मरेको सिनोहरु यत्रतत्र थिए । अचम्मको कुरा तेहा उभिएर हेर्दा कुनैकोणबाट पनि त्यो खानेपानीको मुहान हो भन्ने लाग्दैनथ्यो । मुख्य पाइपमा जमेको फोहोरको चोक्टा हेर्दा चै मलाई यो पानी पिउने जनतालाई कुन ईश्वरीय शक्तिले बचाएको छ भन्ने झै लाग्यो ।

काठमाडौमा पानीको अभाव छ यो सबैलाई थाहा छ । दैनिक ३२ करोड लिटर आवश्यक पर्ने नगरमा ६ करोड ८८ लाख लिटर पानी उपलब्ध हुन्छ त्यसमा पनि १५ ५ चुहावट हुन्छ । बाँकी वितरण कसरी भएको छ सबैमा सर्वविदितै छ । पानी शरीरलाई महत्वपुर्ण लवण हो र मुख्य रोगका जीवाणु सार्ने माध्यम पनि हो अर्थात यो आफैमा अमृत र विष दुबै हो । काठमाडौको खानेपानी वितरण प्रणाली हेर्दा अब यो लवण उपत्यकाबासीको लागि विस्तारै विष बन्दै छ ।याद गर्नुस् तपाई वित्तारै विष पिउदै हुनुहुन्छ ।बकीं अर्को लेखमा।।।।।

No comments:

Post a Comment