Friday, March 11, 2011

अव त जाग्नुस्!!!!

भुकम्प जोखिम न्युनिकरणमा सदैव होसियार मुलुक जापानले भोग्नुपरेको प्रकोपप्रति दुख ब्यक्त गर्न चाहान्छु । यो चुनौतीपुर्ण घडीमा भुकम्पबाट जोखिम हाम्रा जस्तो मुलुकले पनि केहि सोच्ने की,कति कुर्सी भन्नुहुन्छ नेताज्युहरु??जुन देसमा एउटामात्र अन्तराष्टिय विमानस्थल छ , एउटामात्र वैकल्पिक राजमार्गको विकास छ , जुन राजधानीमा बत्ती छैन् ,खानेपानी अभाव छ ,अनियमित इनार र ट्यूवेल निर्माणले पानीको सतह घट्न गई काठमाण्डौ भाँसिने खतरा छ उसमाथी भुकम्पको तेतिकै जोखिम,के गर्नुहुन्छ त्यो कुर्सीले मन्त्री क्वाटरमा भुकम्प जाँदा टाउकोमा ओता लाउनुहुन्छ ??कि काठमाण्डौ भाँसिदा कुर्सीमाथी चढेर बस्नुहुन्छ ?? एउटामात्र अन्तराष्टिय विमानस्थल र वैकल्पिक राजमार्ग क्षतिग्रस्त भयो भने नि नेपाली जनतामात्र हैन तपाईपनि भोकभोकै मर्नुपर्नेछ खाद्यान्न र उद्धार अभावमा ,त्यतिवेला तपाई के कुर्सी चपाउनुहुन्छ ?? याद गर्नुस नेपाली जनताले तपाईलाई चपाउनेछन् त्यो वेला।।।।।

1 comment: